काठमाण्डौ । कोरोना रोकथाम र नियन्त्रणका लागि निर्माण गरिएका संघीय र प्रादेशिक कोषहरुमा नेपाल क्रेडिट एण्ड कमर्स(एनसीसी) बैंकले १ करोड रुपैयाँ सहयोग गर्ने भएको छ । 

बैंकले बिहीबार यस्तो निर्णय गरेको हो । 

बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालका अनुसार कोरोना रोकथाम र नियन्त्रणका लागि केन्द्रमा बनाइएको सहयोग कोषमा ६५ लाख रुपैयाँ र प्रत्येक प्रदेशलाई रु. ५ लाखको दरले कुल ३५ लाख गरी कुल १ करोड सहयोग गर्ने निर्णय गरिएको हो ।