काठमाण्डौ । आम नागरिकको स्वास्थ्य सुरक्षाको अभियानलाई थप मजबुद बनाउन,    गेरुवा गाउँपालिका वडा नं. ४ गोविन्दपुर निवासी , समाजसेवी, बुद्धिजिवी एवं युवा व्यवसायी हरपल फड्स प्रा.लि.का अध्यक्ष  जनक बहादुर धामीले उक्त गाउपालिकाको स्थानीय राहत कोषमा  रु एक लाख एक हजार रुपैया सहयोग गरेका छन् । 

उक्त राहत कोष कोरोना कोभिड १९ भाइरसले बिश्वमा आक्रान्त मच्चाइरहेको बेला बर्दिया जिल्ला क्षेत्र नं. २ अन्र्तगतको गेरुवा गाउँपालिकाका अध्यक्ष  जमान सिंह केसी ले स्थानीय सरकारको दायित्व र जिम्मेवारी बोध गरी नागरिकको स्वास्थ्य सुरक्षाका लागि थालनी गरेको स्थानीय निकाय अभियान  भएको बताए ।