काठमाण्डौ । मोरङको विराटनगर महानगरपालिकास्थित कोशी अस्पतालमा प्रभु बैंकले काउन्टर सञ्चालनमा ल्याउने भएको छ ।

उपचार तथा स्वास्थ्यसम्बन्धी कार्यको सिलसिलामा कोशी अस्पतालमामा आउने सेवाग्राहीहरुलाई बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले बैंकले काउन्टर सञ्चलनमा ल्याउन लागेको हो । कोशी अस्पतालमा प्रभु बैंकको काउन्टर सञ्चालन गर्नेसम्बन्धी सम्झौतामा कोशी अस्पतालका तर्पmबाट प्रमुख सुपरिटेन्डेन्ट डा. गुणराज लोहनी र बैंकका तर्पmबाट प्रदेश नं. १ का कार्यालय प्रमुख लेखराज कार्कीले हस्ताक्षर गरेका छन् ।

सम्झौतापश्चात बैंकले आवश्यक पूर्वाधार निर्माण गरी सार्वजनिक बिदाका दिनबाहेक बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म बैंकको काउण्टर सञ्चालन गरी सेवाग्राही तथा अस्पतालमा कार्यरत कर्मचारीलाई बैंकिङ्ग सेवा उपलब्ध गराउनेछ ।

कोशी अस्पतालमा प्रभु बैंकको काउन्टरबाट उपचारका लागि अस्पतालमा आउने सेवाग्राहीहरुले कोशी अस्पतालमा बुझाउनुपर्ने जुनसुकै रकम विना झन्झट सरल एवं सहज रुपमा जम्मा गर्न पाउने छन् । कोशी अस्पतालको आधिकारिक बैंकको रुपमा बिरामीहरुको शिघ्र स्वास्थ्य लाभको कामना सहित उपचार सेवामा सहयोगीको भुमिका निर्वाह गर्न पाउँदा प्रभु बैंक सम्बन्धित सबैप्रति हार्दिक आभार व्यक्त गर्दछ ।

समाजसेवी भावनाले सामाजिक क्रियाकलापहरुलाई निरन्तरता दिएको प्रभु बैंकले स्वास्थ्य क्षेत्रसँग सम्बन्धित सेवाग्राहीहरुको सेवामा समेत उल्लेख्य योगदान पुर्याउन सर्वदा प्रयासरत रहने प्रण गर्दछ ।