काठमाण्डौ । कोरोना भाइरसको रोकथामका लागि  सरकारले घोषणा गरेको ‘कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष’ मा सिद्धार्थ बैंक लिमिटेडले रु ७० लाख सहयोग गरेको छ । 

कोरोनाभाइरस (कोभिड–१९) ले विश्व नै आक्रान्त बनेको बेला आइतबार बसेको मन्त्रिपरिषद बैठकले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष बनाउने निर्णय गरेको थियो ।

सिद्धार्थ बैंक लिमिटेडले प्रत्येक प्रदेश सरकार अन्र्तगतको कोषमा रु १० लाखका दरले ७ वटै प्रदेश सरकारको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा सो सहयोग गरेको हो । 

देशमा यस्ता किसिमको संकट आएको बेलामा सिद्धार्थ बैंक सदैव नेपाल सरकार तथा नेपाली जनताको साथमा रही आएको जनाएको छ र विभिन्न किसिमका सहयोग गर्दै आइरहेको छ । नेपाल सरकारले अनुरोध गरेको आदेशलाई पुर्ण रुपमा पालना गर्दै बैंकले आफ्नो देशभरका बैंकका शाखाहरुबाट सम्भव भएसम्मको सेवा प्रदान गर्दै आइरहेको छ भने विश्वमा देखिएको यस विषम परिस्थितसँग सामना गर्न सम्भव भएसम्म घरैमा बसी प्रविधि मैत्री सुविधाको उपयोग गर्न आफ्ना ग्राहकहरुसमक्ष आग्रह गरको छ ।