काठमाण्डौ । जावलाखेलस्थित क्याफे कफी डेमा बैंक अफ काठमाण्डूले १० प्रतिशत छुटको व्यवस्था गरेको छ । 

क्याफे कफी डेको यो शाखा नेपालमा पहिलो हो । विभिन्न ६ राष्ट्रहरुमा क्याफे कफी डेले अनेक प्रकारका तातो तथा चिसो पेय प्रदान गरिरहेको छ । 

आउँदो जाडो मौसमलाई ध्यानमा राखी कफिप्रेमीहरुलाई उत्साहित गर्न बैंक अफ काठमाण्डूले उक्त अफर ल्याएको हो ।

क्याफे कफी डेमा आउने बीओकेको भिजा कार्ड प्रयोगकर्ताले यस्तो छुट पाउने बैंकले प्रष्ट्याएको छ ।