काठमाण्डौ । के तपाई पनि आफ्नो सपिङ, फूडिङ, ट्राभलिङका लागि क्रेडिट कार्डको प्रयोग गर्नुहुन्छ ?हिजोआज अधिकांश शहरिया वर्ग यसरी नै आफ्नो खर्चको व्यवस्थापन गर्ने गर्छन् । 

जब कुनै चिज हामीले तुरुन्त खरीद गर्नुपर्ने हुन्छ, तर त्यो चिजको खरीद हाम्रो बजेटभन्दा बाहिर छ भने त्यो बेला क्रेडिट कार्डले तपाईलाई सहयोग गर्नेछ । 

आफूसँग नगद नभएको बेला समेत क्रेडिट कार्ड लिएर हामीले आफ्नो मनपर्ने वस्तु खरीद गर्न सक्छौ । 

क्रेडिट कार्डको सबैभन्दा ठूलो फाइदा भनेकै अकाउण्टबाट तुरुन्त पैसा डेबिट नहुनु हो । तर, त्यसरी खर्च भएको पैसा चुकाउनका लागि ग्रेस पिरियड प्राप्त हुन्छ । ग्रेस पिरियडमा रकम भुक्तानी गर्दा ब्याजको नोक्सानी पनि व्यहोर्नुपर्दैन । 

तर, के तपाईलाई थाहा छ, क्रेडिट कार्ड प्रयोग गरिरहँदा केही कुराहरुमा ध्यान दिइएन भने निकै ठूलो नोक्सानी समेत व्यहोर्नुपर्ने हुनसक्छ । 

आउनुहोस् थाहा पाइराखौं, ती ५ कुरा, जुन बैंकले तपाईलाई बताउँदैनन्:

समयमा पैसा माग्दैनन्
जब तपाईको अकाउण्टमा कुनै पनि बेला ब्यालेन्स मिनिमम लेभलभन्दा तल आयो भने तपाईको मोवाइलमा म्यासेजको लाइन लाग्ने गरेको अक्सर देख्नुभएकै होला । तर, क्रेडिटको बिल जम्मा गर्नका लागि तपाईलाई कुनै म्यासेज आउँदैन । किनभने बैंकहरुले नै चाहदैनन् कि तपाईले पहिलो महिनामै सबै भुक्तानी गर्नुहोस् । बरु, बैंकहरु चाहन्छन् कि तपाईले अझै ढिलो गर्नुहोस् र पछि ढिलो भएकोमा राम्रै रकम जरीवानाबापत तिर्नुहोस् । 

फ्री इएमआईको भ्रम
ग्राहकहरुलाई प्राय क्रेडिट कार्डमा शून्य प्रतिशतमा इएमआईको प्रतिबद्धता गरिन्छ । तर, तपाई अचम्म मान्नुहुन्छ होला, जीरो प्रतिशत ब्याजमा पनि इएमआईको शर्त र नियम लागू हुन्छ । यदि एउटा मात्र शर्त तपाईले उल्लंघन गर्नुभयो भने ५ वा १० होइन, २० प्रतिशत भन्दा बढी ब्याज चुकाउनुपर्ने हुन्छ ।

प्वाइन्ट कसरी व्यवस्थापन गर्ने ?
क्रेडिट कार्डबाट खरीद गर्ने क्रममा तपाईलाई केही पेब्याक प्वाइन्ट्स प्राप्त हुन्छ । तर, बैंकले तपाईलाई कहिल्यै पनि बताउँदैन कि तपाईले आफूले प्राप्त गर्ने प्वाइन्टलाई कसरी रिडिम गर्ने भनेर । जानकारी नहुँदा लाखौं प्वाइन्ट्स त्यत्तिकै खेर जान्छ र तपाईको क्रेडिट कार्ड एक्सपायर भइदिन्छ । यसबाहेक जब तपाईको प्वाइन्ट्सले १००० देखि १०००० को ल्याण्डमार्क क्रस गर्छ, तब बैंकले तपाईलाई यो बताउँदैन कि ‘तपाईको यति प्वाइन्ट भयो, र, तपाईले त्यसलाई रिडिम गरेर क्यासब्याकको सुविधा लिनसक्नुहुन्छ ।’ 

कार्ड अपग्रेड चार्ज
प्राय मानिसहरु आफ्नो क्रेडिट कार्ड त्योभन्दा माथिको र्याङ्क भएको क्रेडिट कार्डबाट अपग्रेड गर्ने गर्छन् । बैंकले पनि प्राय आफ्ना ग्राहकलाई यो अफर गर्छ कि यस्तो अपग्रेडेसन गर्दा कुनै पैसा लाग्दैन । सिल्भर कार्डलाई गोल्डमा र गोल्डलाई प्लाटिनममा अपग्रेड गराउन अक्सर महङ्गो पर्न जान्छ । तपाईले यो क्रममा थाहा पाउनुपर्छ कि नयाँ क्रेडिट कार्डका लागि तपाईले १ हजारदेखि माथिको शुल्क चुकाउनुपर्ने हुनसक्छ ।

फ्री क्रेडिट लिमीट
हाम्रो कार्डको क्रेडिट लिमीटेड निःशुल्क नै बढाइयो भनेर हामी प्राय खुशी हुने गर्छौ । क्रेडिट कार्डधारीहरुलाई प्राय बैंकबाट फोन आउँछ र भनिन्छ कि तपाईको क्रेडिट कार्डको क्रेडिट लिमीटेड निःशुल्क बढाइयो । तर, कमै मानिसले मात्र थाहा पाउँछन् कि तपाईको लिमीटेडको हिसाबले तपाईले तिर्नुपर्ने वार्षिक शुल्क समेत बढाइन्छ । तर, यसको जानकारी बैंक आफैले तपाईलाई कहिल्यै दिंदैन ।