काठमाण्डौ । नेपालमा डिजिटल कारोबार बढ्न थालेको छ । पछिल्लो समय क्रेडिट कार्डबाट हुने कारोबारको गति पनि बढिरहेको रिपोर्टहरुबाट देखिन्छ । यसको अर्थ मानिसको आकर्षण क्रेडिट कार्डतर्फ बढिरहेको छ । यस्तो अवस्थामा तपाईले आफ्ना लागि कस्तो क्रेडिट कार्ड रोज्नुपर्छ भन्ने कुराले धेरै अर्थ राख्छ । त्यसकारण क्रेडिट कार्ड लिनुअघि त्यो तपाईका लागि लाभदायक हुन्छ कि हुँदैन भन्ने कुरा समेत बुझ्न आवश्यक छ । आज हामी तपाईलाई त्यस्तै ७ कुरा बताउन गइरहेका छौ, जसको मद्धतबाट तपाईले आफूलाई आवश्यक पर्ने क्रेडिट कार्ड छनौट गर्न सहज हुनेछ:

१.ब्याजदर कति छ ?
क्रेडिट कार्डका लागि सबैभन्दा महत्वपूर्ण कुरा नै ब्याजदर हो । त्यसकारण क्रेडिट कार्ड लिनुभन्दाअघि बैंकसँग बुझ्नुहोस् कि अनबिल्ड राशिमा कति ब्याज दिनुपर्छ । आम रुपमा क्रेडिट कार्डमा बैंकहरुले निकै महंगो ब्याजदर असूल्ने गर्छन् । 

२.वार्षिक शुल्क कति हो ?
लगभग सबै क्रेडिट कार्ड दिने बैंकहरुले यसका लागि आफ्ना ग्राहकबाट वार्षिक रुपमा शुल्क असूल्ने गर्दछन् । तर, कतिपय अवस्थामा कतिपय बैंकले अफरमार्फत वार्षिक शुल्कमा छुट समेत दिइरहेका हुनसक्छन् । कतिपय बैंकले भने आफ्ना खातावाललाई लाइफटाइम नै क्रेडिट कार्ड निःशुल्क दिइरहेका समेत हुनसक्छन् । त्यसकारण क्रेडिट कार्डको छनौटअघि यस्ता सबै विकल्पहरुको विषयमा राम्रोसँग बुझ्नुपर्छ । 

३.ज्वाइनिङ फिस कति छ ?
क्रेडिट कार्ड लिने समयमा प्रवेश शुल्क(ज्वाइनिङ फिस)को विषयमा पनि ध्यान दिनुपर्छ । कतिपय बैंकले क्रेडिट कार्ड लिने ग्राहकसँग प्रवेश शुल्क समेत असूल्छन् भने कतिपयले असूल्दैनन् । सुपर प्रिमियम क्याटेगोरीको कार्डमा यस्तो शुल्क अधिक हुन्छ । त्यसकारण क्रेडिट कार्ड लिनुअघि फरक फरक बैंकले लगाउने प्रवेश शुल्कको विषयमा तुलनात्मक अध्ययन गर्नुपर्छ । 

४.सजिलो इएमआईको अप्सन छ कि छैन ?
क्रेडिट कार्ड लिनुअघि तपाईले त्यसमा इन्ट्रेस्ट फ्री इएमआईको विकल्प छ कि छैन जाँच गर्नुपर्ने हुन्छ । किनभने महंगो चिज खरीद गर्ने समयमा यो अप्सन निकै उपयोगी हुन्छ । 

५.बिलिङ डेटमा फ्लेक्जीबिलिटी छ कि छैन ?
कुनै पनि क्रेडिट कार्डको बिलिङ डेटले निकै ठूलो अर्थ राख्छ । किनभने बिलिङ डेट सिद्धिएपछि निकै धेरै ब्याज तिर्नुपर्ने हुनसक्छ । यसकारण क्रेडिट कार्ड लिने समयमा यो ध्यान राख्नुपर्छ कि बिलिङ डेटको मामलामा बैंक कतिसम्म सहज र लचक छ ।

६.रिवार्ड्स प्वाइन्ट कति छ ?
कतिपय बैंकहरुले आफ्नो क्रेडिट कार्डमा रिवार्ड प्वाइन्ट दिन्छन् । यस्तै, कतिपय बैंकले क्यासबब्याकको अफर पनि दिन्छन् । यदि तपाई क्रेडिट कार्डको अधिक प्रयोग गर्नुहुन्छ भने रिवार्ड प्वाइन्ट अवश्यक जाँच गर्नुहोस् । किनभने रिवार्ड प्वाइन्ट वा क्यासब्याकबाट तपाईको निकै राम्रो बचत हुनसक्छ । 

७.सजिलो भुक्तानी विकल्प छ कि छैन ?
क्रेडिट कार्डका लागि आवेदन दिनुअघि त्यसमा भुक्तानीको विकल्पहरु के के छन् भन्ने विषय पनि जाँच गर्नुपर्ने हुन्छ । कतिपय बैंकले नेट बैंकिङको माध्यमबाट भुक्तानीको अप्सन पनि दिने गर्छन । तर, कतिपयले यो अप्सन दिंदैनन् ।