काठमाडौँ । खराब कर्जाको अनुपात अत्यधिक वृद्धि हुँदै गएको सिनर्जी फाइनान्सको नाफा व्यापक घटेको छ । फाइनान्सले शुक्रबार सार्वजनिक गरेको चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिसम्मको विवरण अनुसार फाइनान्सको खुद नाफा २ करोड ५७ लाखमा सीमित भएको छ । गत वर्ष २१ कारेड ७० लाख खुद नाफा गरेको फाइनान्सको नाफा ८८ प्रतिशतले कमी आएको हो ।


रुपन्देहीको बुटवलमा केन्द्रीय कार्यालय रहेको फाइनान्समा खराब कर्जाको भार वृद्धि हुँदै जाँदा नाफामा उच्च गिरावट आएको हो । कुल कर्जाको करीव २३ प्रतिशत भन्दा खराब कर्जा रहेको फाइनान्समा गत वर्ष करीव १९ प्रतिशत मात्र खराब कर्जा रहेको थियो । 

ब्याज आम्दानी र सञ्चालन खर्च दुवै सूचक वृद्धि गरे पनि फाइनान्सले नाफा भने गत वर्षको भन्दा बढाउन सकेन । ६ करोड २७ लाख ब्याज आम्दानी गरेको फाइनान्सले १९ करोड ७४ लाख सञ्चालन आम्दानी गरेको छ । 
फाइनान्सको चुक्ता पूँजी ४७ करोड ४४ लाख रहेको छ । १ अर्ब ९५ करोड निक्षेप रहेको फाइनान्सले १ अर्ब ६१  करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । 


फाइनान्सको प्रतिशेयर आम्दानी पनि व्यापक रुपमा तल झरेको छ ।  फाइनान्सको प्रतिशेयर आम्दानी ४ दशमलव ६७ रपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ ६० दशमलव ७९ रुपैयाँ कायम भएको छ ।