काठमाण्डौ । एनआइसी एशिया बैंकले सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाको खाँडीचौर र  पाँचखाल ४ स्थित समाज कल्याणचोकमा नयाँ शाखा संचालनमा ल्याएको छ । 

बलेफी गाउँपालिका वडानम्बर ७ स्थित खाँडीचौर शाखाको बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षेत्रीले तथा पाँचखाल ४, समाज कल्याण चौकस्थित पाँचखाल शाखाको सो नगरपालिकाका मेयर महेश खरेलले मंसिर १० गते भव्य समारोहका बीच उद्घाटन गरेका हुन् ।

योसहित एनआइसी एशिया बैंकको मुलुकभरको शाखा संख्या २६६ पुगेको छ भने  एटीएमको संख्या २७६, २७ वटा एक्सटेन्सन काउण्टर तथा १८ वटा शाखारहित बैंकिङ्ग ईकाई रहेका छन् । यो बैंक मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हो । 

बैंकको वासलातको आकार रू. २१० अर्ब भन्दा बढी पुगेको छ भने कुल निक्षेप करिब रू. १६९ अर्ब तथा कर्जा रू. १४३ अर्ब पुगी निजी क्षेत्रबाट स्थापित बैंकहरुमध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको छ । 

बैंकको ग्राहक संख्या १३ लाख ५० हजार पुगिसकेको छ ।