काठमाण्डौ । सरकारले खाना पकाउने एलपी ग्यासको मूल्य घटाएको छ । अन्य पेट्रोलियम पदार्थको मूल्य चाहि यथावत राखिएको छ । 

नेपाल आयल निगमले प्रति सिलिण्डर ग्यासको मूल्यमा २५ रुपैयाँ कटौति गरेको हो । अब खाना पकाउने एक सिलिण्डर ग्यासको मूल्य १३ सय २५ रुपैयाँ कायम भएको छ । 

निगमका अनुसार मूल्य समायोजनपछि पनि प्रति सिलिण्डर ग्यासमा ७४.९० रुपैयाँ अझै नाफा रहेको बताइएको छ । 

हाल प्रतिलिटर पेट्रोलको मूल्य ९८ रुपैयाँ, डिजेल र मट्टीतेलको मूल्य ७४/७४ रुपैयाँ, हवाइ इन्धन(बाह्य)को मूल्य ८२, हवाइ इन्धन(आन्तरिक)को मूल्य प्रतिलिटर ७५ रुपैयाँ रहेको छ । यो मूल्य यथावत राखिएको छ ।