काठमाण्डौ । जावलाखेल ग्रुप अफ इण्डस्ष्ट्रिज(जेजीआई)ले खान मिल्ने सुनको पत्र भएको नेपालकै पहिलो प्रिमियम भोड्का रुसलान गोल्ड रिजर्भ (Ruslan Gold Reserve) बजारमा ल्याएको छ । 

भोड्काका पारखीहरुलाई बजारमा पाइरहेकाभन्दा अद्वितीय अनुभूति प्रदान गर्न टेस्ट गोल्ड, फिल गोल्ड  (Taste Gold, Feel Gold) भन्ने मूल नाराका साथ आएको यस भोड्कामा २३ क्यारेट गोल्ड फ्लेक्स् राखिएको छ। 

युरोपियन फुड ग्रेडबाट प्रमाणित यस भोड्कामा सम्मिश्रित सुन जर्मनीबाट आयात गरिएको हो । साथै, गुणस्तरीयताका लागि रुसलान गोल्ड रिजर्भ भोड्काको हरेक ब्याच ISO/IEC  प्रमाणित ल्याबबाट परीक्षण गरिएको छ । 

विगत ४० वर्षदेखि भोड्काका पारखीहरुले अत्यधिक रुचाउँदै आएको रुसलान ब्राण्डका लागि सन् २०१९ नयाँ कोशेढुङ्गा हो किनकि यस वर्ष रुसलानले आफ्ना पारखीहरुका लागि प्रिमियम ब्राण्डहरु प्रस्तुत गर्दै भोड्काको विरासतलाई अघि बढाएको छ । 

“उत्कृटता, शुद्धता र निर्मलता पस्कनु हाम्रो विरासत हो, जसले हाम्रो विश्वस्तरीय स्ट्याण्डर्डलाई झल्काउँदछ । आफ्ना भोड्का पारखीहरुको प्रकृति र बजारको मागअनुरुप नै प्रस्तुत गरिएको रुसलान गोल्ड रिजर्भ एकदमै नवीनतम उत्पादनहो । र,रुसलान गोल्ड आफ्नो गुणस्तरीयता र स्वादमा केही सम्झौता नगरी यसको सुपथतामा पनि धेरै ध्यान दिएका छौं।' जेजीआईका प्रबन्ध निर्देशक राजबहादुर शाहले भने ।

 “मनै लोभ्याउने अनुभव चाहने भोड्काका पारखीहरुलाई रुसलान गोल्ड रिजर्भले उत्सुक अनि आकर्षित गर्नेछ । विश्वस्तरीय प्रोडक्टहरु ल्याएर बजारमा नयाँ स्ट्याण्डर्ड बनाउँदा र भोड्काको इण्डस्ट्री स्ट्याण्डर्डलाई माथि पुर्याउन पाउँदा हामी एकदमै उत्साहित छौं।' ग्रुप एक्जेक्युटिभ डाइरेक्टर शशिन जोशीले भने ।

रुसलान गोल्ड उत्पादन गर्दा चुनिएका उच्चस्तरीय कच्चापदार्थ, उत्कृष्ट स्पिरिटहरु तथा विशुद्ध हिमालयको पानी प्रयोग गरिएको छ ।

देशका प्रमुख शहरहरुमा पुग्नु अगाडि रुसलान गोल्ड रिजर्भ यही महिनादेखि काठमाडौंका चुनिएका स्टोर, रेस्टुरेन्ट, बार, क्लब र लाउन्जहरुमा उपलब्ध हुनेछ ।  

यो भोड्का ७५० मिलि, ३७५ मिलि, र १८० मिलिका बोतलहरुमा क्रमशः रु. २२००।, रु. ११००।, रु. ५५० प्रतिबोतलको दरमा उपलब्ध हुनेछ । 

जावलाखेल ग्रुपअफ इण्डस्ट्रिज विभिन्न कम्पनीहरु सञ्चालन गर्दै आएको व्यापारिक समूह हो, जसले आफ्ना डिस्टिलरीहरुबाट मदिराजन्य पेय पदार्थहरु उत्पादन, निर्यात तथा बिक्रीवितरण गर्दछ ।