काठमाण्डौ । जनता बैंक नेपाल लिमिटेडले असार ३० गते, सोमबार ललितपुर जिल्लाको खुमलटार स्थित आफ्नो शाखा कार्यालयको औपचारिक समुद्घाटन गरी कारोवार शुभारम्भ गरेको छ । 

सो शाखाको समुद्घाटन बैंक संचालक समितिका अध्यक्ष केशबबहादुर रायमाझीले गरेका थिए । 

उद्घाटन कार्यक्रममा बैंकका अन्य संचालक र प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्रीको उपस्थिति रहेको थियो । 

देशको सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले शाखा बिस्तारलाई तीव्रता दिएको जनता बैंकको शाखा सञ्जाल यो समेत १४२ पुगेको छ भने काठमाडौं उपत्यकामा यो २४औं शाखा हो । यस अतिरिक्त बैंकले १०८ एटिएम, ५०शाखा रहित बैंकिङ्ग, १ सीमित बैंकिङ्ग ईकाइ, ३ एक्सटेन्सन काउन्टरमार्फत ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।