काठमाण्डौ । तत्कालीन भिबोर र सोसाइटी बैंक मर्ज भई बनेको भिबोर सोसाइटी डेभलपमेन्ट बैंकले आफूलाई निरश यात्राबाट अलग गर्दै चालुु आर्थिक वर्षको दोश्रो त्रैमासमा कमालको प्रगति हासिल गरेको छ । 

कुनै बेला रुग्ण र समस्याग्रस्त बनेका २ बैंक मर्ज भएपछि यो बैंकका अधिकांश आर्थिक सूचकहरु सकारात्मक बनिरहेका छन् । यही क्रममा चालुु आर्थिक वर्षको दोश्रो त्रैमासमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा खूद नाफा १०५.३६ प्रतिशतले वृद्धि गरेको हो ।

यो बैंकले अघिल्लो वर्ष ५ करोड ४७ लाख मात्र खूद नाफा आर्जन गरेकोमा यो वर्ष पहिलो ६ महिनामा ११ करोड २३ लाख खूद नाफा कमाएको हो । 

बैंकले सोमबार प्रकाशित गरेको बित्तीय विवरण अनुसार अघिल्लो वर्ष ७ करोड ९६ लाखमा सीमित खूद ब्याज आम्दानी वृद्धि भई २९ करोड २२ लाखको उचाईमा पुुगेको छ । 

बैंकको चुक्तापूँजी १ अर्ब ८१ करोड तथा जगेडा कोषमा १० करोड ९९ लाख रुपैयाँ रहेको छ । 

दोश्रो त्रैमासमा यो बैंकले १५ अर्ब ३९ करोड निक्षेप संकलन गरी १३ अर्ब २१ करोड कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्ष यही अवधिमा ५ अर्ब ५० करोड निक्षेप संकलन गरी ४ अर्ब ३१ करोड कर्जा प्रवाह गरेको थियो । 

दुुई बैंक गाभिएका कारण निस्क्रिय कर्जा भने बढेको छ । अघिल्लो वर्षको यो अवधिमा ०.६४ प्रतिशत मात्र रहेको निस्क्रिय कर्जा बढेर २.१७ प्रतिशत पुुगेको हो । 

बैंकको प्रतिसेयर आम्दानी १२ रुपैयाँ ३८ पैसा, प्रति सेयर नेटवर्थ १०६ रुपैयाँ ६ पैसा तथा मूल्य आम्दानी अनुपात १४.९४ गुणा कायम भएको छ । अघिल्लो वर्षको यही अविधमा बैंकको प्रति सेयर आम्दानी ११ रुपैयाँ ९३ पैसा थियो ।