काठमाण्डौ । काठमाण्डौको बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचाररत सातजनामा कोरोना संक्रमण पुष्टि भएको छ।

इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. वासुदेव पाण्डेले यसबारे पुष्टि गरेका छन्। डा पाण्डेले उनीहरुको कन्ट्याक ट्रेसिङलगायत थप विवरण बुझ्ने काम भइरहेको जानकारी दिए। 

अहिले अस्पतालको आकस्मिकबाहेक सबै सेवा बन्द गरिएको। स्वास्थ्य सतर्कताका लागि अर्को सूचना नआइन्जेलसम्मका लागि आकस्मिकबाहेक अन्य सबै सेवा स्थगित गरिएको अस्पताल प्रशासनद्वारा जारी सूचनामा उल्लेख छ।