काठमाण्डौ । चीनमा त्यहाँका अविवाहितहरुको सबैभन्दा ठूलो पर्व सिंगल्स डे भव्य रुपमा मनाइँदैछ । यही अवसरमा त्यहाँको एक कम्पनीले अविवाहितहरुलाई एक गज्जबको अफर ल्याएको छ । सादा रक्सी बनाउने सो कम्पनीले १७ सय डलर अर्थात करिब १ लाख ६० हजार नेपाली रुपैयाँ तिर्दा जीवनभरि रक्सी पिलाउने अफर सार्वजनिक गरेको हो । 

च्यांगश्यावबाई लिकर कम्पनीले शनिवारदेखि चीनको सबैभन्दा ठूलो सपिङ फेस्टिवलको दौरान यो अफर लञ्च गरेको हो । यो सपिङ फेस्टिवल प्रत्येक वर्ष ११ नोभेम्बरमा आयोजना हुन्छ । 

कम्पनी दिग्गज ईकमर्स कम्पनी अलीबाबाको बिजिनेस टुु कस्टमर प्लेटफर्म ट्मूल डटकममा अनाजबाट बनेको खाँटी चिनियाँ रक्सी बाइजियूूको जीवनभर आपूर्तिको प्रतिबद्धता गरिरहेको छ । यो अफर पहिला ९९ भाग्यशाली ग्राहकका लागि लागूू हुनेछ, जसलाई प्रत्येक महिना रक्सीका १२ बक्स दिइनेछ । हरेक बक्समा रक्सीको १२ बोतल रहनेछ । 

यो अफर अन्तर्गत यदि अफर लिने व्यक्तिको अफर लिएको ५ वर्षभित्र मृत्युु भयो भने उसको एक पारिवारिक सदस्यले जीवनभरि यो अफर पाउनेछ । 

तर, कतिपयले भने सामाजिक सञ्जालमा यस्तो अफर दिने कम्पनीको भविष्यको विषयमा समेत शंका प्रकट गरेका छन् ।