काठमाण्डौ । गणपति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले मंगबलार कास्की जिल्लाको रुपा गाउँपालिका–६, खोलाको छेउमा आफ्नो एघारौं शाखा कार्यालय संचालनमा ल्याएको छ । 

माइक्रो फाइनान्सका संचालक समितिका अध्यक्ष युवराज भण्डारीले एक समारोहका बीच शाखा कार्यालयको उद्घाटन गरे । 

हालसम्म १० वटा शाखा कार्यालय मार्फत २३०० घरपरिवारलाई सेवा पुर्याएको यस वित्तीय संस्थाले यस अवधिमा रु. १० करोड ५२ लाख ऋण लगानी गरी रु. ८४ लाख बचत संकलन गरेको छ र छिटै थप चारवटा शाखा कार्यालयहरु संचालनमा ल्याउन लागेको प्रमुख कार्यकारी अधिकृत अच्युतराज सापकोटाले जानकारी दिएका छन् ।