काठमाण्डौ । नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्थाको रुपमा इजाजतपत्र प्राप्त गणपति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले जेठ  २९ गते भानु नगरपालिका–६, तुरतुरे, तनहुँ तथा धुनिबेशी नगरपालिका– ६, धार्के, धादिङ्गमा गरी दुईवटा शाखा कार्यालयहरु संचालनमा ल्याएको छ । 

शाखा कार्यालयको उद्घाटन संस्थाका प्रमुख कार्यकारी अधिकृत अच्युतराज सापकोटाले गरे । योसंगै बित्तीय संस्थाको शाखा संख्या १३ (तेह्र) पुगेको छ । साथै, यसै आर्थिक वर्षभित्र थप शाखाहरु संचालनमा ल्याउने गृहकार्य भइरहेको कम्पनीले जनाएको छ ।