काठमाण्डौ । राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्थाको रुपमा इजाजतपत्र प्राप्त गणपति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले मंगलबारका दिन एक साथ ५ नयाँ शाखा बिस्तार गरेको छ । 

यो माइक्रोफाइनान्स कम्पनीले मकवानपुरको भीमफेदी, सिन्धुलीको कमलामाई, नवलपरासीको गैंडाकोट, रुपन्देहीको सैनामैना र पर्वतको कुश्मामा गरी ५ वटा नयाँ शाखा संचालनमा ल्याएको हो । 

ती शाखा कार्यालयहरुको उद्घाटन गणपति वित्तीय संस्थाका प्रतिनिधि तथा स्थानीय जनप्रतिनिधिहरुले गरेका थिए । 

यी ५ संगै यो कम्पनीको शाखा संख्या २० पुगेको छ । हाल यस वित्तीय संस्थाले ५,३७० लक्षित ग्राहक मार्फत रु. २७ करोड ८० लाख कर्जा लगानी गरी रु. ३ करोड ३५ लाख बचत संकलन गरेको छ ।