काठमाण्डौ । गणपति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले आज मंगलबार विभिन्न कार्यक्रम गरी आफ्नो तेश्रो बार्षिकोत्सव सम्पन्न  गरेको छ । 

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत तेश्रो बार्षिकोत्सवको अवसरमा केन्द्रिय कार्यालय लगायत सबै शाखा कार्यालय मार्फत शिक्षा, स्वास्थ्य, सरसफाई, रक्तदान लगाएत अन्य विविध क्षेत्रमा सहयोगात्मक एवमं चेतनामुलक कार्यक्रम संचालन गरी बार्षिकोत्सव भव्य रुपमा सम्पन्न गरेको छ । 

केन्द्रीय कार्यालयमार्फत पोखरा–३२ लामेआहालमा अवस्थित राधाकृष्ण मन्दिर तथा शान्ति आश्रममा बृद्धबृद्धाहरुको लागि भोजन तथा शिष्यहरुलाई पोशाक वितरण गर्ने कार्यक्रम संस्थाका प्रमुख कार्यकारी अधिकृत अच्युत राज सापकोटाले गरे । सो अवसरमा संस्थाले यस्ता किसिमका सामाजिक कार्यहरुलाई अझ बढी महत्वका साथ निरन्तरता दिने प्रतिबद्धता पनि व्यक्त गरे । संस्थाले नेपालको गरीबी निवारणमा खेलेका भूमिका अझ विस्तार गदै देशव्यापी पु¥याउने लक्ष्य लिएको पनि बताए ।

वि.सं. २०७३ मंसिर २४ गतेबाट प्रथम कारोबार प्रारम्भ गरेको यस वित्तीय संस्थाको हाल १७ वटा जिल्लामा ३१ वटा शाखा कार्यालयहरु मार्फत ग्रामिण क्षेत्रका १९,१२४ सदस्यहरुलाई वित्तीय सेवा प्रदान गरिरहेको छ ।

यो अवधिसम्म जम्मा २७ करोड बचत संकलन गरेको र १ अर्ब ४ करोड कर्जा लगानी गरेको छ । थप ५ वटा शाखा कार्यालयहरु शीघ्र संचालनको तयारीमा छन् ।