काठमाण्डौ । गणपति माइक्रोफाइनान्सको खूद नाफा घटेको छ । 

यो कम्पनीले आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमाससम्ममा २ करोड ३९ लाख मात्रै नाफा कमाएको हो । अघिल्लो वर्ष यही अवधिमा यो कम्पनीले ३ करोड ४ लाख बढी नाफा कमाएको थियो । 

कम्पनीको संचालन मुनाफा समेत घटेको छ । अघिल्लो वर्ष ३ करोड ७३ लाख रहेको यस्तो मुनाफा घटेर यो वर्ष ३ करोड ३ लाखमा सीमित बन्न पुगेको हो । 

अघिल्लो वर्ष ६ करोड ९ लाखमा सीमित खूद ब्याज आम्दानी बढेर यो वर्ष ९ करोड ४१ लाखको उचाईमा पुगेको देखिएको छ । 

गणपति लघुवित्तले समीक्षा अवधिमा ३० करोड ३९ लाख निक्षेप संकलन गरी तथा ८६ करोड ५९ लाख सापटी लिई १ अर्ब २७ करोड बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष यही अवधिसम्म २३ करोड ७२ लाख निक्षेप संकलन गरी तथा ५८ करोड ९९ लाख सापटी लिई ८७ करोड ७५ लाख बढी कर्जा परिचालन गरेको थियो । 

अघिल्लो वर्ष १ करोड ७१ लाखमा सीमित रिजर्बको आकार बढाएर यो वर्ष ३ करोड २५ लाख पुर्याएको कम्पनीको चुक्तापूँजी ११ करोड ७४ लाख रुपैयाँ रहेको छ । 

अघिल्लो वर्ष ०.६९ प्रतिशत रहेको खराब कर्जाको अनुपात बढेर यो वर्ष १.७७ प्रतिशत पुगेको छ । 

समीक्षा अवधिमा कमपनीको प्रतिसेयर आम्दानी २१.६३ रुपैयाँ, मूल्य आम्दानी अनुपात ३६.७५ गुणा, प्रतिसेयर नेटवर्थ १२९.३७ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १२१२.६१ रुपैयाँ कायम भएको छ ।