काठमाण्डौ । गणपति माइक्रोफाइनान्स बित्तीय संस्था लिमीटेडले आगामी कात्तिक ३० गते आफ्नो दोश्रो वार्षिक साधारणसभा आह्वान गरेको छ । 

कम्पनीको वार्षिक साधारणसभा तनहुँस्थित आफ्नै कार्यालय परिसरमा हुने बताइएको छ । 

कम्पनीको साधारणसभामा जारी र चुक्तापूँजी वृद्धिको अजेण्डा पेश हुनेछ । यस्तै, मर्जर वा एक्वीजिसनको बाटो समेत खुल्ला गर्ने एजेण्डा पनि राखिएको कम्पनीले जारी गरेको सूचनामा उल्लेख छ । 

गत आर्थिक वर्षको वित्तीय विवरण पारित गर्ने, चालु आर्थिक वर्षका लागि लेखा परीक्षकको नियुक्ति लगायतको बिषय समेत अजेण्डाको रुपमा राखिएको छ । 

गणपति माइक्रोफाइनान्सले १०० रुपैयाँ अंकित दरका ३ लाख कित्ता साधारण सेयर निश्कासन गर्ने योजनामा छ । कम्पनीलाई धितोपत्र बोर्डले सेयर निश्कासनको अनुमति भने अझै दिएको छैन ।