काठमाण्डौ । गण्डकी प्रदेशका विभिन्न जिल्लाका थप २४ जनामा मंगलबार कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का १२, बाग्लुङका ११ र म्याग्दी जिल्लाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यीसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितहरुको संख्या १४४ पुगेको छ।

स्वास्थ्य निर्देशनालयका अनुसार नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को बौदीकाली गाउँपालिकामा १८ वर्षदेखि ४० वर्ष उमेर समूहका १२ जना पुरुषमा संक्रमण देखिएको छ। 

यस्तै बाग्लुङ बरेङ गाउँपालिकामा ८ र निसीखोला गाउँपालिकामा ४ जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ। म्यादीको बेनी नगरपालिकाका ४६ वर्षीय पुरुषमा पनि संक्रमण देखिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

हालसम्म गण्डकी प्रदेशको बागलुङका २ र लमजुङका एकजना गरी ३ जनाले कोरोना जितेर घर फर्किसकेका छन् भने स्याङ्जाका एक पुरुषको मृत्यु भएको छ।