काठमाण्डौ । गण्डकी विकास बैंक पनि नगद लाभांश दिने कम्पनीको सूचिमा थपिएको छ । 

राष्ट्रिय स्तरको यो विकास बैंकको मंसिर ३ गते सोमबार बसेको संचालक समितिको २१४ औं बैठकले आर्थिक वर्ष २०७४/७५ को सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई चुक्तापूँजीको १४.२० प्रतिशतको दरले नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । 

हाल यो बैंकको चुक्तापूँजी २ अर्ब ७५ करोड रुपैयाँ रहेको छ । यो हिसाबले कम्पनीले ३९ करोड ५ लाख रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्नेछ ।

प्रस्तावित नगद लाभांश नेपाल राष्ट्रबैंकबाट स्वीकृत भएपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ ।