काठमाण्डौ । गण्डकी विकास बैंकले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म ३९ करोड ३ लाख खूद नाफा आर्जन गरेको छ । 

अघिल्लो वर्षको यही अवधिको तुलनामा नाफा १४.६६ प्रतिशतले बढाएको हो । 

बैंकको संचालन मुनाफा ५२ करोडबाट बढेर ६० करोड पुगेको छ भने ७० करोड ५३ लाखमा सीमित खूद ब्याज आम्दानी बढेर ८५ करोड ९७ लाखको उचाईमा पुगेको छ । 

समीक्षा अवधिमा गण्डकी विकास बैंकले २७ अर्ब ४८ करोड निक्षेप संकलन गरी २४ अर्ब १९ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको यही अवधिको तुलनामा निक्षेप ३४.५३ र कर्जा ३२.०३ प्रतिशतले बढेको हो । 

अघिल्लो वर्षसम्म १ अर्ब २९ करोडमा सीमित बैंकको रिजर्ब भने घटेर १ अर्बमा सीमित भएको छ । यसरी रिजर्बमा करिब २२ प्रतिशतको गिरावट देखिएको हो । 

अघिल्लो वर्षको यही अवधिमा ०.८४ प्रतिशत रहेको खराब कर्जाको अनुपात घटेर ०.७९ प्रतिशतमा सीमित बनाउन बैंक सफल देखिएको छ भने ९.०८ प्रतिशत रहेको कस्ट अफ फण्ड समेत अझै घटाएर ८.९० प्रतिशतमा झारेको छ । 

बैंकको १२.३७ प्रतिशत रहेको आधार दर घटेर ११.३५ प्रतिशतमा सीमित भएको छ भने वार्षिकीकृत प्रतिसेयर आम्दानी १९.६९ रुपैयाँबाट घटेर १८.९३ रुपैयाँमा सीमित भएको छ । 

समीक्षा अवधिमा यो बैंकको प्रतिसेयर नेटवर्थ १३६.६६ रुपैयाँ र मूल्य आम्दानी अनुपात १०.०४ गुणा कायम भएको छ ।