काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमीटेडको नायव प्रमुख कार्यकारी अधिकृतमा समिर शेखर बज्राचार्य नियुक्त भएका छन् ।

त्रिभुवन विश्वविद्यालयबाट एम.बि.ए गरेका बज्राचार्यले यस विकास बैंकमा नियुक्त हुनुअघि गण्डकी विकास बैंक लिमीटेडमा नायव प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेका थिए । 

उनीसँग विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा करीब १८ वर्षको अनुभव रहेको छ ।  

मुक्तिनाथ विकास बैंक लिमीटेडले देशैभर ११४ वटा शाखा, २२ वटा ए.टि.एम. र छ लाख ग्राहकहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, मोबाइल बैकिङ्ग सुविधाका साथै देशैभरी भिषा नेटवर्क अन्तर्गत रहेका एटीएमबाट निःशुल्क रकम झिक्न मिल्ने सेवाहरु उपलब्ध गराइरहेको छ । 

हालै मात्र यो बैंकले क्यान्सर उपचार र दुर्घटना मृत्यु बीमामा आवद्ध गरी जीवन वरदान बचत खाता सञ्चालनमा ल्याएको छ ।