काठमाडौँ । चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक विवरणअनुसार गण्डकी विकास बैंकका अधिकांश सूचक सकारात्मक देखिएका छन् । चुक्ता पूँजी वृद्धि सँगै बैंकले नाफा लगायत अधिकांक समेत थप गरेको छ । तेस्रो त्रैमासिक अवधिसम्ममा नाफा ३४ करोड ४ लाख ४४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गतवर्षको भन्दा करीव २४ दशमलव ६ प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिसम्म बैंकले २७ करोड ३१ लाख ३५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । 
 
त्रेस्रो त्रैमासिक अवधिमा कम्पनीको नाफामा अपेक्षित सुधार आएको छ । बैंकको खुद व्याज आम्दानी र सञ्चालन मुनाफा दुवै वृद्धि भएका कारण पूँजी वृद्धिसँगै खुद नाफा समेत थप आर्जन गर्न सफल भएको हो । समीक्षा अवधिमा बैंकले ७० करोड ५३ लाख ४१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गर्न सफल भएको हो । यो गत वर्षको भन्दा ६ करोड ७३ लाख ९ हजार रुपैयाँले बढी हो । 
 
यसैगरी बैंकको सञ्चालन मुनाफामा समेत सुधार आएको देखिएको छ । समीक्षा अवधिमा ५२ करोड १८ लाख १२  हजार सञ्चालन मुनाफा आर्जन गरेको बैंकले गत वर्षको यही अवधिसम्ममा ५३ करोड ६७ लाख २० हजार रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको थियो । 
 
बैंकले निक्षेप र कर्जा  प्रवाहमा समेत उल्लेख्य सुधार गरेको छ । तस्रो त्रैमासको अन्तसम्ममा बैंककमा २० अर्ब ४३ करोड निक्षेप रहेको छ भने १८ अर्ब ३२ करोड कर्जा प्रवाह गरेको छ ।
 
पहिलो र दोस्रो त्रैमासभन्दा प्रतिशेयर आम्दानी वृद्धि गर्दैैं लगेको बैंकको प्रतिशेयर आम्दानी १९ दशमलव ६९ रुपैयाँ काययम हुन आएको छ । यसैगरी प्रतिशेयर नेटवर्थ १ सय ५६ दशमलव ३३ रुपैयाँ रहेको छ । बैंकको मूल्य आम्दानी अनुपात ११ दशमलव ९३ रहेको छ ।
 
२ अर्ब ३० करोड चुक्ता पुँजी पु¥याएको बैंकले जगेडा कोष समेत मजबुत बनाउँदै लगेको छ । आगामी दिनमा नाफा अझ विस्तार गर्न उत्पादनशील क्षेत्रमा लगानी वृद्धि गर्दै जाने रणनीति बैंकले बनाएको छ ।