काठमाण्डौ । गण्डकी विकास बैंक लिमिटेडले गण्डकी सुरक्षित आवास कर्जा योजना बजारमा ल्याएको छ । 

यो योजनाअन्तरगत ग्राहकले घर तथा जग्गा खरिद गर्न र घर निमार्णका लागि रु. पाँच लाख देखि पाँच करोडसम्म कर्जा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । 

कर्जाको अवधि अधिकतम २० वर्ष सम्म रहने, सेवा तथा अन्य शुल्क नलाग्ने,  ब्याज मात्र तिरे पुग्ने रहेको छ र कर्जाको व्याजदर बेस रेटमा अधिकतम २ प्रतिशत सम्म मात्र थप गरी निर्धारण गरिने बताइएको छ । जसका लागि ग्राहकले आफ्नो वा आफ्नो एकाघर परिवारको नाउँमा बैंकमार्फत जीवन बिमा गराउनु पर्नेछ ।  

बिमा अवधिपछि ग्राहकले बोनस रकम समेत प्राप्त गर्ने छन् । यस प्रकारको योजनाले ग्राहकलाई भवितव्यबाट आइपर्ने आर्थिक भारको न्यूनीकरण तथा बचत हुन जाने बैंकको भनाई छ । 

यो सेवा बैंकका सबै शाखा कार्यालयहरुबाट प्रदान गरिने बताइएको छ । 

हाल यो बैंकका देशभर ७२ वटा शाखा सञ्चालनमा रहेका छन् भने निकट भविष्यमा ५ वटा शाखा थप गरी ७७ वटा शाखा सञ्चालनमा ल्याइने प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापाले जानकारी दिए ।