काठमाण्डौ । ललितपुरको भैसेपाटिमा अवस्थित नेपाल मेडिसिटी अस्पताल र पोखरामा मुख्य कार्यालय रहेको गण्डकी विकास बैंक बीच उपचार सेवा आदान–प्रदानका विषयमा सम्झौता भएको छ । 

नेपाल मेडिसिटी अस्पतालका महाप्रबन्धक विजय रिमाल र गण्डकी विकास बैंकका डेपुटि सिइओ समीर बज्राचार्यले मंगलबार एक सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार अब बैंकका कर्मचारी र सेवाग्राहिले नेपाल मेडिसिटीबाट उपचार सेवामा विशेष छुट प्राप्त गर्ने भएका छन् । एस.सि.टि, युनियन पे, डेबिट/क्रेडिट कार्डका उपझोक्ताले यस छुटको अवसरलाई सदुपयोग गर्न पाउने भएका छन् ।  

अस्पतालका महाप्रबन्धक विजय रिमालले मुलुकभर ७२ शाखा कार्यालय रहेको गण्डकी विकास बैंकसंगको सहकार्यमा स्वास्थ्य जनचेतना अभिवृद्धि कार्यक्रमहरु आयोजना गर्ने जानकारी गराए ।

त्यस्तै, बैंकका डेपुटि सिइओ समीर बज्रचार्यले नेपाल मेडिसिटीसँग सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गरेका थिए । देशमै सम्पूर्ण उपचार सम्भव भएकाले नेपालीले गुणस्तरिय उपचारकै लागि विदेश जानुपर्ने अवस्थाको अन्त्य भएकोले बैंकले साथ दिने उनले बताए ।