काठमाण्डौ । तपाइँले अहिलेसम्म गाईभैंसी, बाख्राको दूध पिउनु भएको होला वा उटँको दूध पिएको बारेमा पनि सुन्नुभएकै होला । तर भारतमा यतिबेला गधाको दूधको बारेमा धेरै नै चर्चा चलिरहेको छ । चर्चा पनि किन नचलोस्, प्रतिलिटर गधाको दूधको मूल्य ७ हजार भारतीय रुपैयाँ भएपछि ।

भारतीय मिडियाहरुका अनुसार अब चाँडै नै भारतमा गधाको दूधको डेरी सञ्चालनमा आउने भएको छ । 

भारतको जी न्यूजका अनुसार भारतको राष्ट्रिय घोडा अनुसनधान केन्द्र(एनआरसीई) हिसारमा गधाको दूधको डेरी सुरु हुन गइरहेको छ । समाचारका अनुसार यसका लागि एनआरसीईले १० हलारी नस्लको गधाहरुको पहिले नै माग गरेको छ । अहिले यी गधाहरुको ब्रीडिङ भइरहेको छ । 

गधालाई तपाइँ हामीले मजाकको पात्र सम्झने गर्दथ्यौ, तर अब तपाइँले आफ्नो सोच बदल्नुपर्ने हुन्छ । किनकि समाचारमा गधाको दूध केवल फाइदाजनक मात्रै नभई शरीरको प्रतिरोधात्मक क्षमता पनि ठीक गर्न ठूलो भूमिका खेल्ने दाबी गरिएको छ । 

गधाको यो नश्ल भारतको गुजरात राज्यमा पाइने गर्दछ । जसको दूधलाई औषधिको खजाना मान्ने गरिन्छ । समाचारमा लहारी नस्लको गधाको दूधमा क्यान्सर, मोटोपना, एलर्जी जस्ता रोगहरुसँग लड्ने क्षमता हुने बताइएको छ । 

यसका साथै यसको दूधले बालबिालकालाई कुनै पनि प्रकारको एलर्जी नहुने बताइएको छ । गधाको दूधमा एन्टीअक्सिडेन्टेड, एन्टी एजिङ तत्व पनि पाइने उल्लेख गरिएकोृ छ । 

ब्रीडिङ पनि डेरीको काम चाँडै नै सुरु गरिने जनाइएको छ । भारतमा गधाको दूधको मूल्य प्रतिलिटर २ हजार देखि  ७ हजारसम्म पर्ने गर्दछ । यसको दूधबाट सौन्दर्य सामाग्री पनि बनाइने गरिन्छ, जुन धेरै महंगो हुने समाचारमा जनाइएको छ । गधाको दूधबाट साबुन, लिप बाम, बडी लोसन पनि बनाइन्छ ।