काठमाण्डौ । गरिमा विकास बैंकले आर्थिक वर्ष २०७३/७४ मा ३४ करोड २६ लाख रुपैयाँ खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष यो विकास बैंकको नाफा २२ करोड ३७ लाख थियो । 

बैंकको खूद ब्याज आम्दानी ७४ करोड ९१ लाखको उचाईमा पुुगेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी ४५ करोड ९९ लाख थियो । 

यो विकास बैंकको संचालन नाफामा पनि राम्रै प्रगति भएको छ । ३५ करोड  १५ लाखमा सीमित संचालन नाफा बढेर  ५२ करोड ६५ लाखको उचाईमा पुुगेको छ । 

अघिल्लो वर्ष ८५ करोडमा सीमित चुक्तापूँजीलाई मर्जरका कारण २ अर्ब २० करोड पुुर्याएको बैंकले १४ अर्ब ५१ करोड निक्षेप संकलन गरी १२ अर्ब ९९ करोड कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्ष यो बैंकले ९ अर्ब २२ करोड निक्षेप संकलन गरी ८ अर्ब ७३ लाख कर्जा प्रवाह गरेको थियो । 

अघिल्लो वर्ष ३४ करोड ९६ लाखमा सीमित रिजर्ब बढेर आब २०७३/७४ मा ६२ करोड ५५ लाख पुुगेको छ । 

बैंकले ०.३० प्रतिशतमा रहेको निस्क्रिय कर्जा अनुपातलाई घटाएर ०.२४ मा झारेको छ । यो अवधिमा बैंकको कस्ट अफ फण्ड(लागत खर्च) डरलाग्दो गरी बढेको छ । अघिल्लो वर्ष ५.११ प्रतिशत रहेको कस्ट अफ फण्ड वृद्धि भई ७.६२ प्रतिशत पुुगेको हो । 

यो अवधिमा बैंकको प्रति सेयर आम्दानी घटेर १५.५५ रुपैयाँ, प्रति सेयर नेटवर्थ १२८.३८ रुपैयाँ, प्रति सेयर कुल सम्पत्तिको मूल्य ८१४.११ रुपैयाँ र मूल्य आम्दानी अनुपात १९.०४ गुणा कायम भएको छ ।