काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेड र लुम्बिनी विकास बैंक लिमिटेडबीच आपसमा ‘गरिमा रेमिट’र ‘लुम्बिनी रेमिट’ सञ्चालन गर्ने सम्बन्धमा सम्झौता भएको छ । 

जेठ ३० गते बुधबार गरिमा विकास बैंक लिमिटेडको तर्फबाट प्रमुखकार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल र लुम्बिनी विकास बैंक लिमिटेडकोतर्फबाट कायममुकायम प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौतापश्चात लुम्बिनी विकास बैंक लिमिटेडका देशभर सञ्चालनमा रहेका ६३ वटा शाखा कार्यालयबाट गरिमा रेमिटमार्फत रकम पठाउन, भूक्तानी गर्न तथा खातामा जम्मा गर्न तथा गरिमा विकास बैंक लिमिटेडका देशभर सञ्चालनमा रहेका ५७ वटा शाखा कार्यालयबाट लुम्बिनी रेमिटमार्फत रकम पठाउन, भूक्तानी गर्न तथा खातामा जम्मा गर्न सकिन्छ ।