काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेड र सेञ्चुरी बैंक बीच गरिमा रेमिट सञ्चालन गर्ने सम्बन्धमा सम्झौता  भएको छ । 
 
असार २८ गते बिहीबार गरिमा विकास बैंक लिमिटेडको तर्फबाट नायबमहाप्रबन्धक  माधवप्रसाद उपाध्याय र सेञ्चुरी बैंकको तर्फबाट प्रमुख सञ्चालन अधिकृत  दिपेश प्रधानले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
 
सम्झौतापश्चात सेञ्चुरी बैंक लिमिटेडका देशभर सञ्चालनमा रहेका ११० वटा शाखा कार्यालयबाट गरिमा रेमिटमार्फत रकम पठाउन, भुक्तानी गर्न तथा खातामा जम्मा गर्न सकिन्छ ।