काठमाण्डौ । गरिमा बिकास बैंकले एक मृतक ग्राहकको ऋण मिनाहा गरेको छ । 

बैंकको शाखा कार्यालय तल्लो गगनगौंडाको लघुवित्त कार्यक्रममा आबद्ध एक सदस्यको मृत्युपछि उनले लिएको ऋण मिनाहा गरिदिएको हो । 

कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं.–३२, तल्लोगगन गौडा निवासी ४२ वर्षीय जितबहादुर बि.क. सुनारको असामायिक मृत्यु भएकोले बैकले उनको नाउँमा बाँकी रहेको कर्जाको साँवा तथा ब्याज रकम १ लाख ४९ हजार १६४ रुपैयाँ मिनाहा गरिएको जनाएको छ । 

बैंकले एक कार्यक्रमबीच स्व. सुनारकी धर्मपत्नी सुमन बि.क. सुनारलाई १ लाख ४९ हजार १६४ रुपैयाँ बराबरको चेक हस्तन्तरण गरेको तल्लो गगनगौडाका शाखा प्रमुख केशबहादुर गुरुङले बताए । 

बैंकले लघुबित्त कार्यक्रममा आवद्ध सदस्यहरुलाई औषधि उपचार खर्च, दैवि प्रकोप खर्च, क्रिया खर्च, शैक्षिक प्रोत्साहन खर्च, केन्द्र तथा सदस्य प्रोत्साहन खर्च समेत दिंदै आएको छ ।