काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र गरिमा विकास बैंक लिमिटेडबीच बैंकासुरेन्स सम्झौता भएको छ । 

यो सम्झौतासँगै गरिमा विकास बैंक लिमिटेडको केन्द्रीय कार्यालय तथा देशभर रहेका शाखा कार्यालयहरुमार्फत गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक नगदफिर्ता जीवन बीमा र एउटै योजनामा सावधिक, आजीवन र पेन्सन जीवनबीमा योजनासहित १२ वटा जीवनबीमा योजना बिक्री गर्ने एवं अभिकर्ता तथा बीमीतहरुलाई छिटोछरितो एवं भरपर्दो सेवा पुर्याउने उद्देश्यले दुई संस्थाकाबीच बैंकासुरेन्स सम्झौता भएको हो ।

सम्झौतामा इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणकुमार भट्टराई र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले हस्ताक्षर गरेका छन् ।

गरिमा विकास बैंक लिमिटेडका ग्राहकहरुले बैंकको कुनै पनि शाखाबाट यस कम्पनीको जीवनबीमा सम्बन्धी सम्पूर्ण सेवा सहज रुपले लिनसक्नेछन्।

गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले हाल मात्र नेपालको जीवन बीमा बजारमा नौलो र आकर्षक योजनाहरु प्रस्तुत गरेको छ ।