काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेड र महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडबीच बीमा सेवा दिने सम्बन्धमा एक समारोह बीच सम्झौता सम्पन्न भएको छ।

सम्झौता अनुसार गरिमा विकास बैंकलिमिटेडले देशभर रहेका आफ्ना ७६ शाखाहरुबाट महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको जीवन बीमा योजनाहरु बिक्री गर्नेछ। 

महालक्ष्मी लाईफ इन्स्योरेन्सले साबधिक बीमा योजना, डबल साबधिक बीमा योजना र लगानी फिर्ता बीमा योजना सार्वजनिक गर्दै २०७५ माघ २७ गतेबाट कारोबार प्रारम्भ गरी पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म २७ वटा शाखाहरू तथा उपशाखा कार्यालयहरूबाट कारोबार प्रारम्भ गरिसकेको छ।

सम्झौतामा गरिमा विकास बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोबिन्दप्रसाद ढकालर महालक्ष्मी लाईफ इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले हस्ताक्षर गरेका थिए ।