काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडले आज सोमबार जितपुर सिमरा उप–महानगरपालिका वडा नं.–२, सिमरामा स्थापित सिमरा शाखा कार्यालयको औपचारिक उद्घाटन कार्य सम्पन्न गरेको छ ।

उक्त शाखा कार्यालयको उद्घाटन नेपाल राष्ट्र बैंक बीरगञ्जका निर्देशक राजन विक्रम थापाले गरे ।  

कार्यक्रममा बोल्दै विकास बैंकका सञ्चालक भुपेन्द्र बहादुर खड्काले बारा जिल्लाको औद्योगिक नगरी सिमरामा खोलेको विकास बैंकको सिमरा शाखाले त्यस क्षेत्रको औधोगिक तथा व्यवसायिक विकासमा महत्वपूर्ण भुमिका खेल्ने विश्वास रहेको बताए । 

विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले सम्पूर्ण आधुनिक सुविधासहित स्थापना गरिएको सिमरा शाखाबाट विकास बैंकले ग्राहकहरुलाई उत्कृष्ट सेवाप्रवाह गर्ने जिकिर गरे । साथै, ढकालले विकास बैंकले सदैव संस्थागत सुशासनलाई उच्च महत्व दिँदै अगाडि बढेको कारणबाट नैं देशको उत्कृष्ट विकास बैंकको रुपमा स्थापित हुन सफल भएको बताए । 

गरिमा विकास बैंकले काठमाण्डौंउपत्यकाभित्र १० वटा शाखासहित देशभर ९० शाखा, ५१ एटीएम र गरिमारेमिटका करिब १०,००० एजेण्टमार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको जनाएको छ ।