काठमाण्डौ । गरिमा विकास बैंकले आफ्ना सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर वितरणको निर्णय गरेको छ । 

यो बैंकको कात्तिक ३० गते बसेको २०३ औं संचालक समितिको बैठकले आर्थिक वर्ष २०७३/७४ को नाफाबाट सेयरधनीहरुलाई १५ प्रतिशत बोनस सेयर वितरणको निर्णय गरेको हो । 

नियामक नेपाल राष्ट्रबैंक  र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि बोनस सेयर वितरणको निर्णय कार्यान्वयनमा आउनेछ ।