काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडले मिति आज काठमाण्डौ उपत्यकाभित्र र बाहिर गरी देशका विभिन्न स्थानमा एकैदिन ६ वटा शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ ।
 
विकास बैंकले उपत्यका बाहिर नवलपुरको गैडाकोट, रुपन्देहीको कोटिहवा, रौतहटको चन्द्रपुर, धनुषाको जनकपुर र उपत्यका भित्र काठमाण्डौको ढुङगेधारा तथा ललितपुरको इमाडोल गरी एकैदिन ६ वटा शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको हो ।
 
यस सँगै विकास बैंकले काठमाण्डौं उपत्यकाभित्र १३ वटा शाखा सहित देशभर सम्पूर्ण प्रदेशमा ९७ शाखा, ५१ एटीएम र गरिमा रेमिटका १०,००० भन्दा बढी एजेण्टमार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ । विकास बैंकको प्रधान कार्यालय लाजिम्पाट, काठमाण्डौंमा रहेको छ ।