काठमाण्डौ । गरिमा विकास बैंकको पछिल्लो प्रडक्ट गरिमा रेमिटको सेवा संचालन सम्बन्धमा मुक्तिनाथ विकास बैंक र महालक्ष्मी विकास बैंकले पनि सम्झौता गरेका छन् । 

दुवै बैंकले गरिमा विकास बैंकसँग गरिमा रेमिटको सेवा संचालनको बिषयमा सम्झौता गरेका हुन् । 

गरिमा बैंकका नायब महाप्रबन्धक माधवप्रसाद उपाध्याय र मुक्तिनाथ विकास बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङ्गबीच गरिमा रेमिटको सेवा संचालन गर्ने बिषयमा बुधबार सम्झौतापत्रमा हस्ताक्षर भएको हो । 

यस्तै, गरिमाका उपाध्याय र महालक्ष्मी विकास बैंकका नायव प्रमुख कार्यकारी अधिकृत ध्रुवराज तिवारीबीच रेमिटको सेवा संचालनको बिषयमा मंगलबार अर्को सम्झौता भएको बैंकले जनाएको छ । 

सम्झौतापछि मुक्तिनाथविकास बैंक लिमिटेडका देशभरका ७८ शाखा र महालक्ष्मी विकास बैंक लिमिटेडका ७१ शाखा कार्यालयबाट गरिमा रेमिटमार्फत रकम पठाउन, भूक्तानी गर्न तथा खातामा रकम जम्मागर्न सकिनेछ ।