काठमाण्डौ । पैसा कमाउनैका लागि मानिस गाउँ छाडेर शहर पलायन भइरहेका छन् । तर, गाउँमै बसेर पनि कयौं यस्ता व्यवसाय गर्न सकिन्छ, जसबाट तपाईंको आम्दानी लाखौं रुपैयाँ हुनसक्छ । लगानी पनि निकै कममै काम चल्छ । हामी तपाईंलाई गाउँमै बसेर मासिक डेढलाख रुपैयाँसम्म आम्दानी गर्न सकिने यस्तै ५ व्यवसायको बिषयमा  बताउन गइरहेका छौं । 

डेरी बिजिनेश
गाउँमा रहने व्यक्ति आफूसँग गाई वा भैंसी राख्ने गर्छन् । एक वा दुई गाई तथा भैंसी राखेर डेरी विजिनेशको सुरुवात गर्न सकिन्छ । तपाईंले एउटा राम्रो गाई ५० हजार रुपैयाँ तथा भैंसी ८० हजार रुपैयाँसम्ममा खरीद गर्न पाउनुहुन्छ । शहरमा दूधको निकै  ठूलो माग हुन्छ र यसकारण दूधको विजिनेश निकै नाफामूलक पनि हुन्छ । शहरमा दूध ८० रुपैयाँ प्रतिलिटरसम्म बिक्री हुन्छ । दूधको बिक्रीका लागि डेरी कम्पनीसँग सम्पर्क गरेमा यो रकम केही कम हुन्छ । यस्तै, स्थानीय लेभलमा दूध बिक्री गर्नेसँग पनि सम्पर्क गरेर आफूले उत्पादन गरेको दूधको सहज व्यवसाय गर्न सकिन्छ । 

सागसब्जीको खेती


धान र गहुँ उत्पादनपछि सागसब्जीको खेतीले समेत तपाईंलाई राम्रो आम्दानी दिन्छ । यदि तपाईंसँग थोरै मात्र जमीन छ भने पनि त्यहाँ सागसब्जी उत्पादन गर्न सकिन्छ । हिजोआज विभिन्न एनजीओहरुले आधुनिक खेती प्रणालीको बिषयमा समेत तालिम, सहुलियतमा ऋण तथा अनुदान समेत दिइरहेका छन् । यी कुराहरु समेत थाहा पाएर आफूलाई समाहित गर्दै यी काम गर्न सके अझ बढी फाइदा हुनेछ । गोलभेंडा, कोबी, हरियो सागसब्जी जस्ता सागसब्जीको उत्पादनबाट तपाईंले राम्रो आम्दानी लिन सक्नुहुन्छ । 

माछा पालन


गाउँमा बसेर माछा पालन गर्दा यो समेत एक राम्रो व्यवसाय साबित हुनसक्छ । शहरमा माछाको निकै ठूलो माग हुन्छ । अझ भारतबाट आउने माछा भन्दा नेपालकै स्थानीय उत्पादन खरीद गर्नेको तछाडमछाड नै हुन्छ । यसकारण माछापालन व्यवसाय थोरै जग्गाबाट समेत सुरु गर्न सकिन्छ । जमीन खनेर पोखरी बनाउँदा निस्किने माटोलाई समेत बिक्री गरेर आम्दानी गर्न सकिन्छ । यो व्यवसायले तपाईंलाई लाखौं रुपैयाँ आम्दानी दिनसक्छ । 

फूलको खेती


हरेक चाडपर्व, पूजाआज, विभिन्न उत्सव तथा महोत्सव तथा अन्य विशेष अवसरहरुमा फूलको माग निकै ज्यादा हुन्छ । यसकारण गाउँमै बसेर तपाईले आफ्नो जमीनमा फूलको खेती समेत गर्न सक्नुहुन्छ । सूर्यमुखी, गुलाब, तथा अन्य विभिन्न फूलको खेती निकै फाइदाकारी पनि हुन्छ । फूल बिक्रेता वा कम्पनीसँग सम्पर्क गरेर गाउँमा उत्पादित फूल राम्रो मूल्यमा बिक्री गर्न सकिन्छ र मासिक लाखौं रुपैयाँ आम्दानी गर्न सकिन्छ।

रुख लगाउनुहोस्, पैसा कमाउनुहोस्


यदि तपाईको साथमा एक वा दुई विगाहा क्षेत्रको जमीन छ भने त्यसमा सिसौं, सखुवा जस्ता राम्रा र उच्च बजार माग भएको रुखहरु लगाउन सकिन्छ । राम्रो ढंगले रुख रोपेर राम्रो हेरचाह गर्न सकेन ८ देखि १० वर्षमा  तपाई  करोडपति  बन्न सक्नुहुनेछ । अहिले काठ निकै महंगो छ । सखुवाको काठ प्रति क्यूफिट ६ हजार भन्दा बढी मूल्यमा बिक्री हुन्छ ।