काठमाण्डौ । एनआइसी एशिया बैंकले चमात्कारिक विशेषताहरु भएका दुई नयाँ कर्जा योजनाहरु “चमत्कारिक सवारी कर्जा र चमत्कारिक घर जग्गाकर्जा” सार्वजनिक गरेको छ ।

यस कर्जा योजनाहरु ग्राहकहरुको आवश्यकता र सन्तुष्टिलाई ध्यानमा राख्दै सबैका लागि अझ बढी सहज, सवल, गतिशिल, विश्वसनीय र उत्तरदायी बैंक बन्ने  उद्देश्यका साथ सञ्चालनमा ल्याइएको बैंकले प्रष्ट्याएको छ ।

चमत्कारिक सवारी कर्जा
“एनआईसी एशियाको साँच्चै चमत्कार, अब गर्नुहोस् आफ्नो सपना साकार” भन्ने नाराका साथ चमत्कारिक सवारी कर्जा सार्वजनिक गरेको छ । यस योजनाबाट नयाँ गाडी लिन वा पुरानो सवारी साधन साट्न चाहने सम्पूर्ण ग्राहकले समेत चमत्कारिक लाभ उठाउन सक्नेछन् ।

चमात्कारिक सवारी कर्जाका विशेषताहरु
१.तुरुन्तै कर्जा स्वीकृति हुने
२. अधिकतम १५ बर्षसम्मको कर्जा भुक्तानी अवधि
३. अति न्यून मासिक किस्ता रकम (सवारीको मूल्यअनुसार मासिक रु ११,००० बाट नै किस्ता रकम सुरु हुने )
४. आंशिक अथवा पूर्ण रुपमा बिना कुनै शुल्क पूर्व भुक्तानी गरी आफ्नो इच्छाअनुसार मासिक किस्ता र भुक्तानी अवधि परिवर्तन गर्न सकिने
५.मासिक ब्याजदर ०.९ प्रतिशतमात्र
६. प्रशासनिक सेवा शुल्कमा विशेष छुट
७. घर जग्गा र सवारी दुवै कर्जा लिने ग्राहकहरुलाई विशेष छुटको ब्यवस्था

चमत्कारिक घर जग्गाकर्जा
“एनआईसी एशियाको साँच्चै चमत्कार, अब गर्नुहोस् आफ्नो सपना साकार”भन्ने नाराका साथ एनआईसी एशिया बैंकले चमत्कारिक घरजग्गा कर्जा सार्वजनिक गरेको छ ।

चमत्कारिक घरजग्गा कर्जाका विशेषताहरु
१.आफ्नो आम्दानीअनुसार आफैं मासिक किस्ता निर्धारण गर्न सकिने
२. अधिकतम ५० वर्षसम्मको कर्जा भुक्तानी अवधि
३. आंशिक अथवा पूर्ण रुपमा बिना कुनै शुल्क पूर्व भुक्तानी गरी आफ्नो इच्छा अनुसार मासिक किस्ता र भुक्तानी अवधि कायम गर्न सकिने ।
४. कर्जा रकम घटाई नयाँ किस्ता र भुक्तानी अवधि कायम गर्न सकिने ।
५. मासिक ब्याजदर ०.९ प्रतिशत मात्र
६. प्रशासनिक सेवा शुल्कमा विशेष छुट
७. आधारदरमा भएको परिवर्तन अनुसार मात्र ब्याजदर परिमार्जन हुने

दुवै चमत्कारिक कर्जा योजनाहरु बैंकको आफ्नो मुलुकभरका २४४ वटै शाखा कार्यालयहरुबाट ग्राहकलाई आफूले चाहेको गाडी तथा घरजग्गा बिनाझञ्झट, न्यूनतम ब्याजदर तथा न्यूनतम किस्ता रकममा उपलब्ध गराइने बैंकले प्रष्ट्याएको छ ।

हाल यो बैंकको देशभर २४४ शाखा, २३८ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखारहित बैंकिङ्ग ईकाई रहेका छन् ।