-अफजल हुसेन
देश विकसित हुनका लागि आफू विकसित हुन अति आवश्यक छ । आफू विकसित हुनका लागि पहिला आफूमा परिवर्तन ल्याउनुपर्छ, जसले आफूमा बदलाव ल्याउँछ, त्यसैले नै केही आफ्ना लागि गर्छ र देशका लागि पनि गर्छ। 

परिवर्तन प्रकृतिको नियम हो । दुनियाँमा केही पनि चिज स्थायी छैन । मात्र परिवर्तन स्थायी हो । यसकारण पनि हामी यदि परिवर्तनको चाहाना राख्छौं भने पहिले आफैं परिवर्तन हुन जरुरी छ । परिवर्तनका लागि कुनै निश्चित दिन सय, पचास अथवा ५ दिन चाहिदैन, यदि तपाई चाहानुहुन्छ भने परिवर्तन एक क्षणमै सम्भव हुन्छ । 

एउटा अपराधी, जसले मान्छेलाई मारेर उनीहरुको औंलाहरुलाई आफ्नो घाँटीको माला बनाउँथ्यो । एकदिन त्यो अपराधीले आफ्नो स्वास्नीसँग सोध्यो कि मेरो यो पापको कर्ममा तिमीहरुको सहभागिता छ कि छैन भनेर । तर जब स्वास्नीले तिम्रो पापकर्ममा आफूहरुको सहभागिता नभएको कुरा प्रष्ट पारिन्, तब त्यो अपराधीको जीवन एक क्षणमा बदलियो  । ऊ यसरी परिवर्तन भयो कि उसले गर्ने गरेको सबै पाप कर्म छोड्यो र असल बाटोमा हिँड्यो । आज त्यही एक समयको नामुद अपराधीलाई संसारले बालमिकिको नामले चिन्छ । 

मान्छेको जिन्दगी एक क्षणमा परिवर्तन हुन्छ । त्यो मान्छेको जिन्दगी जसको रुखबाट चूँडिएको पात हेर्यो, आफ्नो कपाल फुलेको देख्यो अनि अर्थी गइरहेको देख्यो, त्यो मान्छेलाई आज संसारले गौतमबुद्घको नामले चिन्छ ।

एउटा पति जसले आफ्नो जिन्दगी आफ्नो स्वास्नीप्रति समर्पित गर्छ । परिवर्तन भयो त्यो मान्छेको जिन्दगी पनि एकक्षणमा, त्यो मान्छेलाई आज तुलसीदासको नामले संसारले जान्दछ । 

परिवर्तनले मान्छेको जिन्दगीलाई एउटा मार्गनिर्देश गर्छ र यसले एउटा ठेगाना दिन्छ । यसका लागि एउटा कठोर कदम उठाउनु आवश्यक छ । यो त्यसैले पाउँछ जसले आफूभित्र भएको पुरानो भ्रष्ट फाइललाई नष्ट गर्छ अनि नयाँ फाइल तयार पार्न आफ्नो पुरानो भ्रष्ट फाइलमा हैकम मचाउँछ र एउटा नयाँ दुनियाँ बनाउँछ ।

वास्तवमा मान्छेले यस्ता कुराहरु गिद्घबाट सिक्नुपर्छ । चराहरुमा गिद्घ एउटा यस्तो पँक्षी हो, यिनीहरुको व्यवहार अन्य चराहरु भन्दा भिन्न हुन्छ । चिसो अनि पानी परेको बेला सबै पंक्षी अनि मान्छेहरु आफ्नो आफ्नो गुँड अथवा घरमा बस्छन्, तर यो पागल पंक्षी टाढा आकाशमा गएर पुरै दुनियालाई तर्साउँछ अनि भन्छ–‘म भन्दा हिम्मतवाला दुनियाँमा कोही पनि छैन ।’ 

यो संसारको नियम हो । जसले कुनै सफलता हासिल गर्छ, त्यसले केहि बलिदान पनि दिनुपर्ने हुन्छ । परिणाम पछि स्वरुप आकाशमा उड्दा उड्दै ती गिद्घहरुको नङ, चुचुरो र पँखहरु चिसोले गर्दा मुडिन्छ र खुम्चिन्छ । त्यो चराहरुको प्राय उमेर ६० देखि ७० बर्षको हुन्छ । अनि ४० बर्षको उमेर पुग्दै यिनीहरुको जीवनले यी तीनवटा घाटा सामना गर्नुपर्छ । नगँ र चुचुरोले शिकार समात्न सक्दैन अनि उड्न पनि अप्ठ्यारो हुन्छ, तर उनीहरुको अगाडि अझ जिन्दगीको ३० वर्ष बाँकी हुन्छ । यस्तो अवस्थामा आफूलाई अर्को ३० बर्ष बाँच्नका लागि यिनीहरु कठिन भन्दा कठिन बाटो रोज्छन्, तर आफू कहिल्यै हतोत्साही हुँदैनन् । 

उनीहरु ३ महिनाका लागि पहाडमा जान्छन् । प्रथमपटक आफ्नो चुच्चोलाई  पहाडमा ठोक्काएर भाँच्छ, अनि पूरै शरीर रगतले लतपत हुन्छ । केही दिन नयाँ चुच्चोका लागि पर्खन्छ, नयाँ चुच्चो आइसकेपछि त्यो चुच्चोले आफ्नो नङहरुलाई भाँच्छ, अनि फेरी केही दिन पर्खन्छ, नयाँ नङका लागि । नयाँ नङहरु आइसकेपछि नङ र चुच्चोको सहयोगमा आफ्नो पँखहरुलाई भाँच्छ । यो पूरै प्रक्रियाका लागि उनीहरुलाई २ देखि ३ महिनाको समय लाग्छ । त्यसपछि फेरि पहाडबाट आएर पुरै दुनियाँलाई तर्साउँछ अनि जिन्दगीको बाँकी रहेको ३० बर्षको अवधि क्राउन अर्थात राजा भएर बिताउँछ । 

यो गिद्घको कथा यहाँ ल्याउनुको तात्पर्य भनेको हामीले जिन्दगीमा कहिले पनि हार मान्नु हुँदैन भन्ने हो । जति पनि समस्याहरु छन् सबै समस्याका समाधान हुन्छन् । हामीले आफूभित्रको उर्जालाई सही तरिकाले रुपान्तरण गर्न जान्नुपर्छ । मान्छेको शरीरमा १० वटा घोडाको क्षमता जत्तिकै उर्जा हुन्छ, जसले यो उर्जालाई एकत्रित गरेर एउटा कर्ममा लगाउँछ उसले संसारमा राज गर्छ । 

माथि उल्लेख गरिएका उदाहरणहरु गौतमबुद्घ, बालमिकी, तुलसीदासहरुसगँ कुनैसँग पनि फरक क्षमता थिएन, तर उनीहरुले आफूभित्रको उर्जालाई सही तरिकाले रुपान्तरण गरेर उनीहरुले दुनियाँलाई जितेका थिए । हामीहरु पनि उनीहरुजस्तै क्षमताका धनी छौ । हामी पनि संसारमा राज गर्न सक्छौं, तर उर्जाशक्ति एकतृत गर्न जरुरी छ र मात्र सफल हुन सकिन्छ । 
(लेखक दुबईमा कार्यरत इञ्जिनियर हुन्।)