काठमाण्डौ । गुुगल तथा उसका प्रोडक्टहरु विश्वका धेरै मानिसको अहम् हिस्सा बनेका छन् । कम्पनीले बुधबार राति एक निकै महत्वपूर्ण घोषणा गरेको छ। गुुगलका सीइओ सुन्दर पचाईले बुधबार राति AI फ्रस्ट वल्र्डको घोषणा गरेका छन् । कम्पनीले अब आफ्नो प्रोडक्टमा ML, DL, TPU लाई निकै आक्रामक ढंगले प्रयोग गर्न गइरहेको छ, चाहे त्यो नयाँ होस् या पुरानो । यसको मतलब यो हो कि अब तपाईको दुनियाँमा निकै तीव्र गतिमा परिवर्तन हुन गइरहेको छ । जब सर्चको बिषयमा त आउने केही दिनमै गुुगल एक निकै ठूलो काम गर्न लागिरहेको छ । 

मेसिन लर्निंग अथवा ML


यसको नामबाटै अन्दाज गर्न सकिन्छ कि यसको अर्थ हो पढेलेखेको मेसिन । मेसिनले आफैले विभिन्न चिजहरुको बिषय सक्नेछ र त्यसको हिसाबले आफ्नो काममा बदलाव गर्नेछ । यसका लागि एउटा चिप विकास गरिएको छ । यो चिप मेसिनमा लगाइएको हुनेछ र त्यसको दिमागको हिसाबले यसले काम गर्नेछ । यो चिपलाई यसरी पनि बुुझ्न सकिन्छ, यो चिप लगाइएको रोबोट क्रमशः तपाईको जरुरतलाई निकै राम्रो ढंगले बुुझ्नेछ र त्यही हिसाबले मानिसले झै काम गर्नेछ । 

टीपीयू


गुुगल एआई फ्रस्ट हिस्साको रुपमा पिचाईले दोश्रो पुस्ताको टेन्सर प्रोससर युनिट(टिपियू)को पनि घोषणा गरेका छन् । यो क्लाउड कम्प्युटिंगमा आधारित होर्डवेयर र सफ्टवेयर सिस्टम हो, जो गुुगलको एआई फ्रस्ट डाटा सेन्टरको प्लानको एक अहम् हिस्सा हो । टिपियूलाई अघिल्लो वर्ष सार्वजनिक गरिएको थियो । यो त्यस्तो चिप हो, जुन मसिनलाई सिकाउनका लागि बनाइएको थियो । उनले बताएका छन् कि गुुगल टान्सलेट तथा गुुगल फोटो जस्ता प्रोडक्टस्लाई अझ राम्रो बनाउनका लागि मसिन लर्निंग मोडलमा टिपियूका प्रयोग भइरहेको छ । 

डिप लर्निंग (DL)कम्प्युटर भिजन


डिप लर्निंग त्यो प्रक्रिया जसको माध्यमबाट कम्प्युटरले त्यो पद्धति सिक्छ, जो अहिले मात्र मानिसले मात्र गर्नसक्छ । तपाईलाई थाहा पाएर हैरानी हुनसक्छ कि यो यति धेरै विकास भइसकेको छ कि कतिपय केशहरुमा डिप लर्निंगबाट तयार इमेज रिकगिनेसन मानिसको भिजनभन्दा राम्रो परफर्मेन्स गरिसकेको छ । यो हिसाबले तपाईले यसलाई बुुझ्नसक्नुहुनेछ, जस्तो तपाईले कुनै तस्विरलाई देखेपछि नै त्यसको बिषयमा जति सोच्नुुहुन्छ, त्यति नै कम्प्युटरले पनि सोच्नेछ । तपाईले फेसबुकको फेस रिकगिनेसनको बारेमा त सुन्नुुभएकै होला । त्यो सुरुवाती चरण थियो । अब कम्प्युटरले मानवीय आँखालाई समेत माथ दिनेछ । 

यी प्रोडक्टमा हुनेछ एआईको प्रयोग


गुुगल डाटा रिसर्च, मेडिकल इमेजिंग, क्लाउड, गुुगल असिस्टेन्स, गुुगल होम्स, गुुगल टान्सलेट तथा गुुगल फोटोसहित सबै प्रोडक्टसमा आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गर्न गइराखिएको छ । यसको मतलब यो हो कि यसको यो प्रोडक्ट निकै तीव्र गतिमा अपडेट हुनेछ । यो यूजर फ्रेन्ड्ली हुँदै जानेछ र समय, स्थान, प्रयोगकर्ता र डिमाण्डको हिसाबले तुरुन्तै कस्टमाइज्ड हुनेछ । पिचाईले भनेका छन् कि एआई फ्रस्ट वल्र्डमा हामी हाम्रा सबै प्रोडक्टको बिषयमा पुनर्विचार गरिरहेका छौ । वल्र्ड इकोनोमिक फोरमको एक रिपोर्टका अनुसार २०३० सम्म एआईले हाम्रो पूरा दुनियाँ परिवर्तन गरिदिनेछ । 

Google.aiको नाम दिइयो


यी सबै नयाँ प्रयोगलाई गुुगल डट एआईको नाम दिइएको छ । पिचाईले अगाडि भनेका छन् कि मोवाइल मल्टि टचलाई लिएर आएको छ । अब आफूहरुसँग भ्वाइस र भिजन रहेको उनले बताएका छन् । ‘कम्प्युटर अब पहिलाको तुलनामा अझ राम्रो भइरहेको छ र अब उसले आवाजलाई समेत बुुझ्नेछ । यस्तै भिजनको मामलामा पनि कम्प्युटरको क्षमतामा सुधार आएको छ । यहीकारण आज हामी गुुगल लेन्स्टको घोषणा गरिरहेका छौ । जसलाई गुुगल असिस्टेन्समा सबैभन्दा पहिला शामिल गरिनेछ । वल्र्ड इकोनोमीको एक रिपोर्टअनुसार २०३० सम्म एआईले हाम्रो दुनियाँलाई बदलिदिनेछ ।’उनले भनेका छन् । 

सबै जागिर एउटै ठाउँमा


अब तपाईले लिंक्डइन, मान्स्टर डटकम, फेसबुक वा जागिरसँग जोडिएको सबै वेबसाइटलाई एकैसाथ सर्च गर्न सकिन्छ । तपाईले यसका लागि छुट्टाछुट्टै साइटमा गइरहनुु पर्दैन । चाँडै न तपाईले गुुगल जब्समा सबै खालको नोकरीको बिषयमा जानकारी पाउनुुहुुनेछ । कम्पनीको सीइओ सुन्दर पचाईले यो बिषयमा घोषणा गरेका छन् । आउने साताभित्र यसलाई लञ्च गरिनेछ । यसले एक मेगा जब सर्च इञ्जिनको हिसाबले काम गर्नेछ । यसको मुख्य विशेषता हो हुनेछ कि तपाई बस्ने क्षेत्र आसपासको जागिरको बिषयमा यसले तपाईलाई पहिला जानकारी दिनेछ ।