काठमाण्डौ। टेक्नोलोजी कम्पनी गुगलले कोरोनाभाइरससँग जुझ्न ८ सय मिलियन डलर सहयोग गर्ने घोषणा गरेको छ। 

गुगलले कोरोनाभाइरसबाट प्रभावित व्यापारी र संस्थालाई सहयोग गर्न तथा यो संक्रमण रोकथाममा सक्रिय स्वास्थ्यकर्मीका लागि उक्त सहयोगको घोषणा गरेको छ। गुगलले गुगलले ८ सय मिलियन डलरमध्ये २५० मिलियन डलर विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) र विश्वका सरकारी एजेन्सीहरुमार्फत कोरोनाभाइरस रोकथामका लागि यो सहयोग प्रदान गर्नेछ।

त्यस्तै ३४० मिलियन डलर कोरोनाभाइरसबाट प्रभावित साना तथा मध्यम स्तरका व्यापारीहरुलाई सहयोग गर्ने गुगलले जनाएको छ। त्यस्तै बाँकी रकम कोरोनासँग लड्न अन्य क्षेत्रमा खर्च गरिने बताइएको छ। 

गुुगलले विश्वव्यापा महामारीसँग लड्न आर्थिक र प्राविधिक सहयोग प्रदान गर्ने जनाएको छ। 

यसैबीच आईफोन निर्माता कम्पनी एप्पलले पनि १० मिलिडिन मास्क अमेरिका र युरोपमा पठाउने घोषणा गरिसकेको छ। – एजेन्सी