काठमाण्डौ । गुुगलले अनलाइनबाटै प्रमाणपत्र दिने शैक्षिक कार्यक्रमको घोषणा गरेको छ।

कम्पनीले तीनवटा अनलाइन सर्टिफिकेट प्रोग्राम ‘डेटा एनालिटिक्स’, ‘प्रोजेक्ट म्यानेजमेन्ट’ र ‘युुजर एक्सपिरियन्स डिजाइन’ प्रदान गर्ने जनाएको हो। यी विषयहरु गुुगलका कर्मचारीहरुले पढाउने छन् र प्रमाणपत्र पनि उनीहरुले नै प्रदान गर्नेछन्। 

यी विषयहरु अध्ययन गर्न कुनै पनि कलेज डिग्री आवश्यक पर्ने छैन। यो कोर्स पूरा गर्न ३ महिनादेखि ६ महिनासम्म लाग्नेछ। यसलाई अनलाइन लर्निङ प्लेटफर्म ‘कोर्सिया’ बाट पढ्न सकिनेछ। 

यसका साथै गुुगलले यी सबै कोर्सलाई कलेजको चारवर्षे डिग्रीबराबरको मान्यता दिने जनाएको छ। ‘यो गुुगललाई आम्दानी वृद्धि गर्नका लागि गरिएको होइन’, गुुगलकी उपाध्यक्ष लिसा गेभेलबरले भनिन्, ‘यी कोर्स गर्न कोर्सियाले थोरै शुुल्क लिनेछ। हाललाई शुुल्क प्रतिमहिना ४९ डलर तोकिएको छ। हामी के सुुनिश्चित गर्न चाहन्छाँै भने, जसले पनि यो मौकाको फाइदा उठाउन चाहनुुहुुन्छ उहाँले यो प्राप्त गर्न सक्नुुहुन्छ।’ 

गुुगलले छात्रवृत्ति पाएका १ लाखजनाको फन्डिङसमेत गर्ने जनाएको छ। अमेरिकामा बेरोजगार दर ऐतिहासिक रुपमा वृद्धि भएसँगै गुुगलले यो योजना सार्वजनिक गरेको हो। अमेरिकाको श्रम मन्त्रालयको ताँजा आँकडाअनुुसार जुुन २० सम्म करिब ३ करोड ३० लाख मानिसले बेरोजगार भत्ताको सुुविधा उपभोग गरिरहेका छन्। यो संख्या महामन्दीमा देखिएको भन्दा ५ गुुणा बढी हो। 

गुुगलले यसअघि सन् २०१८ मा पनि आईटी क्षेत्रमा इच्छुुक हुुनेका लागि यस्तै सर्टिफिकेट प्रोग्राम ल्याएको थियो। – एजेन्सी