काठमाण्डौ । चौतर्फी दवाब र विरोधपछि सरकारले गुठी सम्बन्धी कानूनलाई एकीकरण र संसोधन विधेयक २०७५ फिर्ता लिएको हो । 

भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले मंगलबार मन्त्रालयमा एक पत्रकार सम्मेलनको आयोजना गरी विधेयक फिर्ता लिइएको घोषणा गरेकी हुन् । 

विधेयकलाई लिएर विभिन्न जनसमुदायमा विभिन्न भ्रम उत्पन्न गर्ने, उत्तेजित पार्ने र वातावरणलाई बिथोल्ने कोशिश भएकाले सरोकार पक्षसँग थप छलफल र परामर्श गर्न आवश्यक देखिएको जनाउँदै विधेयक फिर्ता लिइएको जानकारी दिइन । 

सो विधेयक राष्ट्रियसभामा पेश भएको थियो ।