काठमाण्डौ । गुडविल फाइनान्स लिमिटेड (वित्तीय संस्था) ले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा १६.४८ प्रतिशतले खुद नाफा बढाउन सफल भएको छ ।

प्रथम त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाले १ करोड २१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्ष यही अवधिमा संस्थाले १ करोड ४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

संस्थाले समीक्षा अवधिमा सञ्चालन मुनाफा १ करोड ६९ लाख रुपैयाँ रहेको छ। गत वर्ष सञ्चालन मुनाफा १ करोड ४९ लाख रुपैयाँ रहेको थियो ।

संस्थाले प्रथम त्रैमासमा खुद ब्याज आम्दानी ७ करोड ४५ लाख रुपैयाँ गरेको छ। गत वर्ष यही अवधिमा संस्थाको खुद ब्याज आम्दानी ५ करोड ८५ लाख रुपैयाँ रहेको थियो । यसले संस्थाको व्यावसायिक विस्तार आक्रामक देखाउँछ।

संस्थाले समीक्षा अवधिमा ७ अर्ब ३९ करोड रुपैयाँ निक्षेप संकलन गरी ५ अर्ब ७६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत वर्ष यही अवधिमा संस्थाले ५ अर्ब ६० करोड रुपैयाँ निक्षेप संकलन गरी ४ अर्ब ७६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

संस्थाको रिजर्भको आकार समीक्षा अवधिमा ३२ करोड ९० लाख रुपैयाँ पुगेको छ । गत वर्ष रिजर्भको आकार ११ करोड २२ लाख रुपैयाँ रहेको थियो । गत वर्षको तुलनामा समीक्षा अवधिमा १९३.२१ प्रतिशतले बढेको हो ।

समीक्षा अवधिमा संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ६.०९ रुपैयाँ प्रतिसेयर नेटवर्थ १५८.२५ रुपैयाँ रहेको छ । पीई रेसियो भने २१.६६ रहेको छ ।