काठमाण्डौ । गुड्विल फाइनान्स कम्पनी, मञ्जुश्री फाइनान्स र गुहेश्वरी मर्चेन्ट बैकिङ एण्ड फाइनान्स कम्पनीले पनि आइतबार चालुु आर्थिक वर्षको पहिलो त्रैमासको प्रगतिविवरण सार्वजनिक गरेका छन् । 

यी तीनमध्ये गुड्विल र गुहेश्वरीको नाफा बढेको छ भने मञ्जुश्रीको नाफा घटेको छ । 

गुड्विल फाइनान्सले चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा १ करोड २० लाख खूद नाफा कमाएको छ । अघिल्लो वर्षको यही अवधिमा यो फाइनान्सले १ करोड १९ लाख नाफा कमाएको थियो । अघिल्लो आबको पहिलो त्रैमासमा १.९६ प्रतिशत रहेको निस्क्रिय कर्जा घटेर १.२९ प्रतिशतमा झरेको छ । 

गुुड्विल फाइनान्सको समीक्षा अवधिमा प्रतिसेयर आम्दानी ६.६५ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १२८.९५ रुपैयाँ र मूल्य आम्दानी अनुपात २७.८२ गुणा कायम भएको छ । 

गुहेश्वरी मर्चेन्ट बैकिङ एण्ड फाइनान्स लिमीटेडले चालुु आर्थिक वर्ष पहिलो त्रैमासमा १ करोड ५९ लाख रुपैयाँ खूद नाफा कमाएको छ । अघिल्लो वर्षको यही अवधिमा यो फाइनान्सले १ करोड ४२ लाख खूद नाफा आर्जन गरेको थियो । 

यो कम्पनीको निस्क्रिय कर्जा भने बढेको छ । अघिल्लो आबको पहिलो त्रैमासमा ०.२७ प्रतिशत रहेको निस्क्रिय कर्जा बढेर ०.५२ प्रतिशत पुुगेको छ । यो अवधिमा गुहेश्वरीको प्रतिसेयर आम्दानी १२.९३ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १४५.३० रुपैयाँ र मूल्य आम्दानी अनुपात १५.४६ गुणा कायम भएको छ । 

उता, मञ्जु श्री फाइनान्सको खूद नाफा भने घटेको छ । अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा ९० लाख ८४ हजार खूद नाफा कमाएको यो फाइनान्सले चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा ६६ लाख १३ हजार मात्र नाफा कमाउन सक्यो । १.७७ प्रतिशतमा रहेको निस्क्रिय कर्जा बढेर ३.३३ प्रतिशत पुुगेको छ भने चुक्तापूँजी ७२.४३ करोड र रिजर्ब १०.४३ करोड पुुगेको छ । यो अवधिमा फाइनान्सको प्रतिसेयर आम्दानी ३.६५ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ११४.४० रुपैयाँ र मूल्य आम्दानी अनुपात ४०.८२ गुणा कायम भएको छ ।