काठमाण्डौ । संभवत बिमा कम्पनीहरुमध्ये सबैभन्दा कम बोनस गुराँस लाइफ इन्स्योरेन्सले घोषणा गरेको छ । यो कम्पनीको न्यून बोनसका कारण सेयरधनीहरु खिन्न बनेका छन् । 

यो बिमा कम्पनीको १३२ औं बोर्ड बैठकले आर्थिक वर्ष २०७२/७३ को खूद नाफाबाट सेयरधनीलाई ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४२१ प्रतिशत नगद लाभांश वितरणको घोषणा गरेको हो ।

अघिल्लो आर्थिक वर्ष यो कम्पनीले १० प्रतिशत बोनस बाडेको थियो । त्यसभन्दा राम्रो प्रगति गर्ला र केही बढी बोनस पाइएला भनेर यो कम्पनीमा लगानी गर्नेहरु यसको खस्कदो अवस्थाका कारण खिन्न बन्नु परेको छ । 

गुराँस लाइफले घोषणा गरेको बोनस सेयर बिमा समिति र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट स्वीकृत भएपछि मात्र सेयरधनीले पाउनेछन् । 

यो बिमा कम्पनीले चालुु आर्थिक वर्षको दोश्रो त्रैमाससम्ममा १ करोड २६ लाख खूद नाफा आर्जन गरेको छ । यो कम्पनीको हाहल चुक्तापूँजी ५५ करोड रुपैयाँ रहेको छ । घोषित बोनस सेयर वितरणपछि चुक्तापूँजी ५९ करोड ४ लाखको उचाईमा पुुग्नेछ ।