काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमीटेडले आफ्ना सेयरधनीलाई ८ प्रतिशत बोनस सेयर  वितरणको प्रस्ताव गरेको छ । 

कम्पनीको पुस ३० गते सोमबार ५ः३० बजे बसेको संचालक समितिको १४९ औं बैठकले आर्थिक वर्ष ०७३/७४ का लागि सेयरधनीर्ला ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि आवश्यक ०.४२१ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । 

हाल यो कम्पनीको हालको चुक्तापूँजी ५९ करोड ४० लाख रहेको छ । यो हिसाबले कम्पनीले ४ करोड ७५ लाख २० हजार रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो । 

कर प्रयोजनका लागि २५ लाख १ हजार ५३ रुपैयाँ नगद लाभांश वितरण गर्न खोजेको हो । 

घोषित लाभांश आ.ब. ०७३/७४ का लागि भएकोले आ.ब. ०७४/७५ का लागि कम्पनीले लाभांश घोषणा गर्न बाँकी छ । 

प्रस्तावित लाभांश बिमा समितिबाट स्वीकृत भएपछि र कम्पनीको वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ ।